• Punjibad
  • अवितरित हकप्रद शेयर बाँडफाँट


    काठमाडौं, ३१ असार
    हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले बोलपत्रद्वारा निष्कासन गरेको संस्थापक समूहतर्फको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै हकप्रद शेयर बाँडफाँट गरेको जानकारी गराएको हो ।

    बाँडफाँटमा नपरेको शेयर बापतको रकम आवेदन फारममा उल्लेख गरेको खाता नम्बरमा साउन १ गतेदेखि जम्मा गरिने विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको हो ।

    कम्पनीले असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख कित्ता अवितरित हकप्रद शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा विक्री खुला गरेको थियो । उक्त शेयरको कटअफ मूल्य १०० रुपैयाँ रहेको थियो ।


    क्याटेगोरी : Share Market

    प्रतिक्रिया दिनुहोस