• Punjibad
  • नेपाल इन्स्योरेन्सकाे बोनस सेयर डिम्याट खातामा जम्मा


    काठमाडौं, १० साउन

    नेपाल इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

    कम्पनीले गत १६ जेठसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरूले खातामा बोनस सेयर पाउन पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

    त्यसपछि बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीको ३० जेठमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।


    क्याटेगोरी : Share Market

    प्रतिक्रिया दिनुहोस