मन्दाकिनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं, १२ साउन
मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले ९ साउनबाट ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो ।
सर्वसाधारणका लागि १० लाख ९३ हजार ७४९ कित्ता छुट्याइएको छ । लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल लिमिटेडले गरेको छ ।
क्याटेगोरी : Share Market






















प्रतिक्रिया दिनुहोस