• Punjibad
  • तेस्रो दिन पनि शेयर बजारमा उच्च गिरावट


     कारोबार हुने साताको तेस्रो दिन पनि शेयर बजारमा उच्च गिरावट आएको छ ।

    उतार चढावबीच बजार परिसूचक नेप्से ४५ अंकले ओरालो लागेर २ हजार ६० विन्दुमा आइपुग्यो । कारोबार पनि ३ अर्ब तलै खुम्चियो ।

    सबै समूह राताम्मे रहँदा विकास बैंक र लघुवित्त समूह सबैभन्दा उच्च १ सय २५ अंकले झरे । दुवै बीमा समूह पनि सय अंक बढीले ओरालो लागे । अरु पनि अधिकांश समूह दोहोरो उच्च अंकले घटे ।

    यस दिन नेपाल स्टक एक्सचेन्जनमा २ सय २२ कम्पनीको ६६ लाख बढी कित्ता शेयर २ अर्ब ८१ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

    यस दिन १ सय ७१ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा जम्मा ९ कम्पनीको बढेको पनि नेप्सेले जनाएको छ ।

    घटेको बजारमा पनि हिमालय हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा उच्च १० प्रतिशत बराबर कमाएका छन् ।


    क्याटेगोरी : Share Market

    प्रतिक्रिया दिनुहोस