नेप्सेमा झिनो अंकको सुधार
पाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार झिनो अंकको सुधार भएको छ । आज नेप्से २.१९ अंकले बढेर एक हजार ९ सय ९५ दशमलब २१ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब एक करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये ७४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०५ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अप्पर हेवा खोला जलविद्युत कम्पनीको शेयरमूल्य ७.४५ अंकले बढेर प्रतिकित्ता ३८५ रुपैयाँ पुगेको छ ।
क्याटेगोरी : Share Market






















प्रतिक्रिया दिनुहोस