• Punjibad
  • पुवाखोलाकाे आज एजीएम, आईपीओ प्रस्ताव पारित गर्ने


    काठमाडौं, १० असार

    पुवाखोला–वान हाइड्रोपावरको शुक्रबार साधारण सभा बस्दै छ । सभामा कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पेस गर्नेछ ।

    कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा र सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभामा लगिँदै छ ।

    आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सानसम्बन्धी प्रस्तावमा छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।


    क्याटेगोरी : Share Market

    प्रतिक्रिया दिनुहोस