पेटेन्ट उल्लङ्घन गरेको आरोपमा एडिडासले नाइकी माथि मुद्दा दायर
स्मार्टफोन एप र एडजस्टेबल जुत्ता प्रविधिसम्बन्धी ९ ओटा पेटेन्ट उल्लङ्घन गरेको आरोपमा एडिडासले शुक्रबार नाइकी माथि मुद्दा दायर गरेको छ। उक्त मुद्दा नाइकीको डिजिटल उत्पादनसँग सम्बन्धित रहेको द भर्जले उल्लेख गरेको छ। नाइकी रन क्लब, ट्रेनिङ क्लब र एसएनकेआरएस एपहरुले वर्क आउटको समयमा अडियो फिडब्याक, जीपीएस ट्र्याकिङ, ट्रेनिङ प्लान तथा तेस्रो पक्ष एसेसरिज जस्तै हार्ट रेट मोनिटर र लिमिटेड संस्करणको स्नीकर्स रिभर्ज गर्ने तथा खरिद सम्बन्धमा पेटेन्ट उल्लघन भएको एडिडासको आरोप छ।
यस विषयमा एडिडासको यो पहिलो मुद्दा भने होइन। सन् २०१४ मा एडिडासले ‘म्याप माई फिटनेस’ एपको विषयमा अर्को कम्पनी अन्डर आर्मर विरुद्ध मुद्दा दायर गरेको थियो। अन्डर आर्मरले एडिडासलाई लाइसेन्स शुल्क तिर्न सहमत भएपछि यी दुई कम्पनीको विवाद टुंगिएको थियो।
क्याटेगोरी : World Market
प्रतिक्रिया दिनुहोस