• Punjibad
  • सेयर बजार ओरालो लाग्याे


    बिहीबार सेयर बजार ओरालो लागेको छ। आज नेप्से परिसूचक १६.६० अंकले घटेर २,०२७.३२ बिन्दुमा पुगेको हो। अघिल्लो दिन भने नेप्से परिसूचक १३.३३ अंकले बढेको थियो। 

    नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँको कारोबार भएकोमा आज कारोबार रकम एक अर्ब ८० करोड ६२ लाख ४ हजार रुपैयाँ पुगेको छ। 

    आज कुल २२९ किसिमका धितोपत्र तथा ऋणपत्रको ४७ लाख ११ हजार २५ कित्ता सेयर किनबेच भएको छ। कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये जम्मा ४६ वटाको मूल्य बढेको छ भने १७३ वटाको मूल्य घटेको छ। 


    क्याटेगोरी : News, Share Market

    प्रतिक्रिया दिनुहोस