• Punjibad
  • नेप्सेमा दाेहाेराे अंककाे वृद्धि


    सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ। आज ५४.४५ अंकले बढेको बजार २ हजार १३२.९६ को विन्दूमा रोकिएको छ।

    आज कारोबारमा आएका सबै समूह बढेका छन्। जीवन बीमा, विकास बैंक, लघुवित्त, उत्पादन तथा प्रशोधन समूहमा आकर्षक बढोत्तरी छ। बलेफी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, सूर्योदय वमी लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स कम्पनी र मानुसी लघुवित्त वित्तीय संस्था गरी सातवटा कम्पनीको सेयर मूल्य सर्किट लेभलमा (१० प्रतिशत) बढेको छ। यस्तै एक दर्जनभन्दा बढी कमको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।

    कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा छ। यसको १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। 

    नेपाल राष्ट्र बैंकले जारी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गरेसँगै बढ्न थालेको सेयर बजारको वृद्धिले सोमबार पनि निरन्तरता पाएको छ


    क्याटेगोरी : News, Share Market

    प्रतिक्रिया दिनुहोस