२७.९२ अंकले घट्यो नेप्से
काठमाडौं । नेप्से साताको पहिलो कारोबार दिन आइतबार बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से २७.९२ अंकले घटेर दुई हजार १० दशमलब ०१ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से १९.०६ अंकले घटेर दुई हजार ३७ दशमलब ८३ विन्दुमा बन्द भएको थियो ।त्यस्तै, शेयरबजार घटेपनि कारोबार रकम भने सामान्य रुपमा बढेको छ । आज नेप्सेमा एक अर्ब ८७ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । बिहिबार नेप्सेमा एक अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
क्याटेगोरी : Market, Share Market, News






















प्रतिक्रिया दिनुहोस