• Punjibad
  • प्रि-ओपन सेसनमा साढे ३ अंकले बढ्यो नेप्से


    काठमाडौं, ३१ साउन

    साताको तेस्रो कारोबारको दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेको छ । 

    अघिल्लो कारोबार दिन अर्थात् सोमबार ५५.८८ अंक बढेर २०६५.८९ विन्दुमा बन्द भएको नेप्से आज ३.४८ अंक बढेर २०६९.३८ विन्दुमा पुगेको छ । 

    मंगलबार प्रि-ओपन सेसनमा २७ स्टकको १८ लाख ३८ हजार ९३१ रुपैयाँ बराबरको तीन हजार ६२० कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये २० स्टकको मूल्य बढेको छ भने पाँच स्टकको मूल्य घटेको छ ।


    क्याटेगोरी : Market, Share Market, News

    प्रतिक्रिया दिनुहोस