२५ अंकले घट्यो नेप्से
मंगलबार नेप्से परिसूचक २४.८३ अंकले घटेको छ। यस दिन नेप्से परिसूचक १.२० प्रतिशतले घटेर २०४१.०६ बिन्दुमा पुगेर बन्द भएको छ।
आज कारोबारमा आएका २२१ वटा धितोपत्र तथा ऋणपत्रको ६४ लाख ६ हजार ७३८ कित्ता सेयरको २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।
सोमबार ५५.८८ अंकले बढेको बजार मंगलबार भने पुनः घटेको छ। नेप्से परिसूचक घटेपनि आज कारोबार रकम भने बढेको छ। सोमबार २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको थियो।
क्याटेगोरी : News, Share Market






















प्रतिक्रिया दिनुहोस