सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३ सयले बढेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोलामा ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य पनि बुधबार ५ रुपैयाँले बढेर १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
क्याटेगोरी : Market, CommodityMarket, News






















प्रतिक्रिया दिनुहोस