• Punjibad
  • नेप्सेमा २ अंकको वृद्धि


    आज पनि सेयर बजार परिसूचक नेप्सेमा २ अंकको वृद्धि भएको छ । अघिल्लो दिन १.८५ अंकको वृद्धि भएर २०५४ विन्दुमा अडिएको बजारमा बुधबार थप २.८७ अंकको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक २०५७.८५ विन्दुमा अडिएको छ । २ अंक माथिले बढेको बजारमा कारोबार रकम भने आज पनि खासै बढ्न सकेन । नेप्सेका अनुसार यसदिन बजारमा १ अर्ब ५२ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 


    क्याटेगोरी : Market, Share Market, News

    प्रतिक्रिया दिनुहोस