सुनचाँदीको मूल्य घटेको
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको हो । आज सुनको मुल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य प्रतितोला पन्ध्र रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार १३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
क्याटेगोरी : Market, CommodityMarket, News






















प्रतिक्रिया दिनुहोस