शेयर बजारमा सामान्य सुधार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज साताको कारोबारको पहिलो दिन आइतबार आज सामान्य अंकले बढेको छ । पछिल्लो केही दिनदेखि निरन्तर रुपमा घटिरहेको बजारमा आइतबार सामान्य अंकको सुधार देखिएको हो । आज नेप्से ६.६८ अंकले बढेर एक हजार ९ सय ७७ दशमलब ३० विन्दुमा बन्द भएको छ । शुक्रबार नेप्से १.०८ अंकले घटेर एक हजार ९ सय ७२ दशमलब २९ विन्दुमा बन्द भएको थियो । त्यस्तै, शेयरबजारमा सुधार आएपनि कारोबार रकम भने खुम्चिरहेको छ । आज नेप्सेमा एक अर्ब ७ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा एक अर्ब ३८ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
क्याटेगोरी : Market, Share Market, News






















प्रतिक्रिया दिनुहोस