नेप्से २१.३० अंकले बढ्यो
२८ भदौ, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सुधार आएको छ । पछिल्लो साता निरन्तर घटेको बजार मंगलबार भने २१.३० अंकले बढेको हो । बजार १९३४.०४ बिन्दुमा पुगेर रोकिएको छ ।मंगलबार ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर किनबेच हुँदा ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँको कारोबार भएको छ ।मंगलबार सबै उपसमुहहरु राताम्य रह्यो । मंगलबार बोटलर्स नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यस कम्पनीको मूल्य १९४.१० प्रतिकित्ताले बढ्दै २,१३६ रुपैयाँ पुगेको छ ।
क्याटेगोरी : Market, Share Market, News






















प्रतिक्रिया दिनुहोस