घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजावी सुन प्रतितोलामा ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घटेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
क्याटेगोरी : Market, CommodityMarket, News






















प्रतिक्रिया दिनुहोस