शेयर बजारमा दोहोरो अंकको वृद्धि
काठमाडौँ, ११ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज दोहोरो अंकले बढेको छ ।आज नेप्से १५.९२ अंकले बढेर एक हजार ८ सय ३१ दशमलब ०५ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से २३.८३ अंकले घटेर एक हजार ८ सय १५ दशमलव १३ विन्दुमा बन्द भएको थियो । त्यस्तै, शेयरबजार बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । आज नेप्सेमा ६६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा एक अर्ब ७ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये १५२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २७ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमुल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता १३०८.९० रुपैयाँ पुगेको छ ।
क्याटेगोरी : Market, Share Market, News






















प्रतिक्रिया दिनुहोस