• Punjibad
  • आयल निगमका दसैं बिदामा पनि खुला रहने


    काठमाडौं, १६ असोज
    नेपाल आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने भएका छन् ।

    पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन् । कार्यतालिका प्रकाशित गरिएको छ ।

    इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ । 


    क्याटेगोरी : Breaking News, News

    प्रतिक्रिया दिनुहोस