सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो
साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६ सय रुपैयाँले घट्दै ९२ हजार ५ सय रुपैयाँमा झरेको हो ।
अघिल्लो छापावाला सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै यता तेजावी सुनको मूल्य पनि आज तोलामा ६ सय रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
क्याटेगोरी : Market, CommodityMarket, News






















प्रतिक्रिया दिनुहोस