• Punjibad
  • नेपालीले तीन महिनामा १७ लाख २५ हजारको ‘टुथपिक’ले दाँत कोट्याए


    काठमाडौं, २३ कात्तिक 

    चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले १७ लाख २५ हजार रुपैयाँको टुथपिक (दाँत कोट्याउने सिन्का) आयात गरेको छ । 

    २०७९ साल साउन, भदौ र असोज महिनामा नेपालले उक्त मुल्य बराबरको टुथपिक आयात गरेको हो । 

    भन्सार विभागका अनुसार सो अविधमा नेपालमा विभिन्न देशबाट ५ हजार २८८ केजी टुथपिक भित्रिएको छ । 

    पछिल्लो तीन महिनामा चीन र थाइल्याण्डबाट नेपालले टुथपिक आयात गरेको छ । 

    अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को पहिलो तीन महिनामा नेपालले १ करोड २ लाख ४१ हजार रुपैयाँको टुथपिक आायात गरेको थियो । 


    क्याटेगोरी : Breaking News, News

    प्रतिक्रिया दिनुहोस