• Punjibad
  • दोहोरो अंंकले घट्यो नेप्से


    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथौ कारोबारको दिन आज बुधबार सामान्य दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३९.१५ अंकले घटेर एक हजार ९ सय १७ दशमलब २२ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २.५७ अंकले घटेर एक हजार ९ सय ५६ दशमलब ३६ विन्दुमा बन्द भएको थियो । त्यस्तै, नेप्से घटेपनि बारोबार रकम भने बढेको छ । आज नेप्सेमा एक अर्ब ४० करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब ५ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 


    क्याटेगोरी : Market, Share Market, News

    प्रतिक्रिया दिनुहोस