• Punjibad
  • युनाइटेड इन्स्योरेन्सले सेयरधनीलाई लाभांश लिन बोलायो


    युनाइटेड इन्स्योरेन्स कम्पनीले विभिन्न आर्थिक वर्षको नगद लाभांश प्राप्त गर्न बाँकी सेयरधनीलाई उक्त रकम बुझ्न आग्रह गरेको छ ।

    युनाइटेडले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । लगानीकर्ताले नगद लाभांश लिन कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ, नारायणचौर, नक्सालमा आवश्यक कागजपत्र सहित ३० दिनभित्र सम्पर्क गर्नुपर्नेछ ।

    अन्यथा सो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने सूचनामा उल्लेख छ ।


    क्याटेगोरी : Market, Share Market, News

    प्रतिक्रिया दिनुहोस