नेप्सेमा दोहोरो अंकको वृद्धि
काठमाडौं । निरन्तर रुपमा ओरालो लागेको शेयरबजारमा आज बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो कारोबारको दिन आज सोमबार दोहोरो अंकले बढेको हो । आज नेप्से २१.२६ अंकले बढेर एक हजार ९ सय ४ दशमलब ४३ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से १०.५४ अंकले घटेर एक हजार ८ सय ८३ दशमलब १६ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा ९४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ७७ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
क्याटेगोरी : Market, Share Market, News






















प्रतिक्रिया दिनुहोस