घट्यो सुनको मूल्य
बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ४ सय रूपैयाँले घट्दै ९६ हजार ८ सयमा झरेको हो । यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रूपैयाँले नै घट्दै ९६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा ५ रूपैयाँले घट्दै एक हजार २७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
क्याटेगोरी : Market, CommodityMarket, News






















प्रतिक्रिया दिनुहोस