• Punjibad
  • नेप्सेमा सामान्य अंकको गिरावट


    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज शुक्रबार सामान्य अंकको गिरावट भएको छ। आज नेप्से परिसूचक ८.८७ अंकले घटेर दुई हजार २८ दशमलब ७७ विन्दुमा बन्द भएको छ।

    आज कारोबार भएका १८१ कम्पनीको सेयरमूल्य बढेको छ भने ९ कम्पनीको सेयरमूल्य घटेको छ। यसमध्ये दुई कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ। आज आँधिखोला लघुवित्त वित्तीय संस्था तथा सिवाईसी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ।

    तर, ग्लोबल स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन्। यसको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ।

    आज नेप्सेमा एक अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।


    क्याटेगोरी : News, Share Market

    प्रतिक्रिया दिनुहोस