• Punjibad
  • एक्सेल डेभलपमेन्ट बैंकको सोह्रौं वार्षिक साधारणसभा ९ साउनमा


    काठमाडौं, २३ असार

    एक्सेल डेभलपमेन्ट बैंकले सोह्रौं वार्षिक साधारण सभा ९ साउनमा बोलाएको छ । सभामा सेयरधनीलाई कुल ८.९५ प्रतिशत लाभांश दिने प्रस्ताव पेस गर्नेछ ।

    एक्सेलले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्न लागेको हो । बैंकले नौ करोड ७९ लाख दुई हजार ३३१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।

    सभा प्रयोजनका लागि बैंकले २८ असारदेखि ९ साउनसम्म बुक क्लोज गर्नेछ । यस आधारमा २७ असारसम्म कायम रहने सेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । 

    साधारण सभा सिद्धार्थ होटल, विर्तामोड झापामा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा बैंकले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पेस गर्नेछ ।
     


    क्याटेगोरी : Banking/finance

    प्रतिक्रिया दिनुहोस


    थप समाचार