• Punjibad
  • सिभिल बैंकको गो क्यास लेस अभियान नेपालगन्ज र जानकीमा


    सिभिल बैङ्कले नेपालगन्ज र जानकीमा गो क्यास लेस अभियान सञ्चालन गरेको छ । बैङ्कले आफ्नो बाह्रौँ वार्षिकोत्सवको अवसरमा नेपालगन्ज र जानकीमा गो क्यास लेस अभियान सुरु गरेको हो । गो क्यास लेस कार्यक्रमको उद्घाटन जानकी गाउँपालिकाका उपाध्यक्ष लाल मति देवी कठरीयाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो । 

    उक्त कार्यक्रममा बोल्दै कठरीयाले सुदूरपश्चिम को विकासोन्मुख गाउँपालिका जानकी गाउँपालिकालाई यस अभियानको लागि छनौट गरेकोमा सिभिल बैङ्कलाई धन्यवाद दिएको बैङ्क द्वारा जारी विज्ञप्तिमा भनिएको छ । यस भेगका जनतालाई डिजिटल माध्यमबाट बैङ्क कारोबार गर्न बैङ्किङ साक्षरता बढ्ने समेत उपाध्यक्ष दाबी गरिन् ।

    त्यसै गरी नेपालगन्जमा आयोजित गो क्यसलेस अभियानको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राईको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो ।

    डिजिटल पेमेन्ट सिस्टमले गर्दा अब ग्राहकहरूले सुविधा सँगै सुरक्षा प्रदान गरेको कुरा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राईले भने।

    जतिको बिल आयो त्यति रकम मात्रै डिजिटलको माध्यमबाट भुक्तानी गर्दा आफूले गरेका खर्चहरूको विवरणहरूको समीक्षा गरेर फजुल खर्चहरूलाई घटाई अनावश्यक फजुल खर्चमा कमी ल्याई बचतमा वृद्धि गर्न सकिने र यस्तै साना साना बचतले भविष्यमा पुँजी निर्माण गरी आफू तथा सिङ्गो राष्ट्रलाई समेत समृद्ध बनाउन सकिने कुरा सिभिल बैङ्कका चिफ बिजनेस भोला बहादुर विष्टले बताए । 

    सिभिल बैङ्कले २०१९ अगस्ट देखि नै सुरु गरेको नगद रहित अभियान अहिले देशको दुर्गम भन्दा दुर्गम स्थान देखि देशका प्रमुख सहरहरूमा सम्म गरी चालीस हजार भन्दा बढी क्यु आर मर्चेन्टहरुलाई आबद्ध गरी सकेको कुरा पनि बैङ्कले जनाएको छ ।


    क्याटेगोरी : News, Banking/finance

    प्रतिक्रिया दिनुहोस