• Punjibad
  • बिहिबारकाे माैसम कस्ताे रहला? हेर्नुहाेस्


    २०७९ असार ३० गते (बिहिबार) हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

    हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बागमती प्रदेश र  गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा  र हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा  र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राती : देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ । प्रदेश १ लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 


    क्याटेगोरी : Lifestyle

    प्रतिक्रिया दिनुहोस