मंगलवार यी स्थानमा पानी पर्ने सम्भावना
२०७९ श्रावण १७ गते (मंगलवार) हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर स्थान (normal position) भन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।
हाल देशका प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केहि र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
मंगलवार दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
मंगलवार राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
क्याटेगोरी : News






















प्रतिक्रिया दिनुहोस