बिहीवार यी स्थानमा भारी वर्षा हुने
२०७९ श्रावण १९ गते (बिहीबार) हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।
हाल देशभर सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
बिहीबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
क्याटेगोरी : News






















प्रतिक्रिया दिनुहोस