नेपाली बजारमा सुनको मूल्य बढ्याे
बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९६ हजार ८०० रुपैयाँ पुगेको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा तोलामा ८०० रुपैयाँले नै बढ्दै ९६ हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
तर यता चाँदीको मूल्य भने प्रतितोला एक हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
क्याटेगोरी : News






















प्रतिक्रिया दिनुहोस