• Punjibad
  • बिद्युतीय सवारीको प्रर्दशनका लागि स्टल बुकिङ खुल्ला


    काठमाडौं, २७ साउन

    काठमाडौंमा विद्युतीय गाडीको प्रदर्शनी गर्न लागेको नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले स्टल बुकिङका लागि आब्हान गरेको छ।

    नेपालमै पहिलो पटक आयोजना हुन लागेको विद्युतीय सवारी साधनको बृहत् प्रदर्शनीका लागि आगमी १ भदौं देखी ५ भदौंसम्मका लागि स्टल बुकिङका लागि आब्हान गरेको हो । 

    सो प्रदर्शनीमा सवारी साधन र तीनका विभिन्न सरसामान, पार्टपुर्जा लगायत राखिने आयोजकले नाडाले जनाएको छ । पछिल्लो समय इन्धनमा चर्को मूल्य वृद्धि हुँदै गएपछि विश्व बजारमा विद्युतीय सवारी साधनप्रति उच्च आकर्षण देखिर्दै गएको छ । 

    सोही विषयलाई मध्यनजर गर्दै विद्युतीय सवारी साधन मात्रको प्रदर्शनी गर्न लागिएको नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए । 
     


    क्याटेगोरी : News

    प्रतिक्रिया दिनुहोस