• Punjibad
  • बैंक अफ काठमान्डूको ऋणपत्र बिहीबारबाट खुला हुने


    काठमाडौं, १ भदौ

    बैंक अफ काठमान्डूले २ भदौदेखि ११ लाख युनिट ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाइ एक हजार रुपैयाँ दरमा एक अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ ।

    यसमध्ये ६ लाख ६० हजार युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी चार लाख ४० हजार युनिट सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ । यसआधारमा सामूहिक लागानी कोषहरूले कुल २२ हजार इकाइ पाउनेछन् ।

    यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । न्यूनतम २५ इकाइदेखि अधिकतम एक लाख इकाइसम्म आवेदन दिन सकिनेछ । बैंकले सात वर्ष अवधिको बिओके डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ ।

    यो ऋणपत्रमा छिटोमा ७ भदौसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने १६ भदौसम्म भर्न सकिनेछ ।


    क्याटेगोरी : News, Banking/finance

    प्रतिक्रिया दिनुहोस