• Punjibad
  • शुक्रवारकाे माैसमः यी स्थानमा भारी वर्षा हुने


    २०७९ भदौ  ३  गतेशुक्रवार हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान  भन्दा दक्षिणमा अवस्थित रहेको छ।

     देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। प्रदेश १, बागमती प्रदेश र  गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

    शुक्रवार दिउँसो  देशभर सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

    शुक्रवार राती  देशभर सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।


    क्याटेगोरी : News

    प्रतिक्रिया दिनुहोस