• Punjibad
  • तीन वटा प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना


    काठमाडौं, १३ कात्तिक
    आज तीन वटा प्रदेशका पहाडी भूभागका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।

    राति प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।

    सोमबार पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ ।  प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    मुलुकमा पश्चिमी वायुको प्रभाव रहेको छ । 


    क्याटेगोरी : News

    प्रतिक्रिया दिनुहोस