• Punjibad
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार


    प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेकाे छ । मंगलबार नेप्से ०.२८ अंकले बढेर सूचक १९५९.२२ विन्दुमा आएको छ ।

    बिहान ११ बजेसम्म सात कम्पनीको ९४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल ७० कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल चार कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 


    क्याटेगोरी : News

    प्रतिक्रिया दिनुहोस