• Punjibad
  •  नेप्से सामान्य अंकले घट्याे


    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको दोस्रो दिन आज बुधबार सामान्य अंकले घटेको छ । आज नेप्से ७.७२ अंकले घटेर एक हजार ९ सय २१ दशमलब ९९ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ७.१३ अंकले घटेर एक हजार ९ सय २९ दशमलब ७० विन्दुमा बन्द भएको थियो ।  

    त्यस्तै, आज नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा एक अर्ब २ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ३५ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।  


    क्याटेगोरी : News

    प्रतिक्रिया दिनुहोस