• Punjibad
  • सुनको भाउमा वृद्धि 


    काठमाडौं, १५ असार

    सुनको भाउ बुधबार १०० रुपैयाँले वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ तोकिएको छ । 

    त्यस्तै बुधबार चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको भाउ प्रतितोला एक हजार २४० रुपैयाँ कायम छ ।  
     


    क्याटेगोरी : News

    प्रतिक्रिया दिनुहोस