सिप्रदीले दियो सवारी चालकलाई प्रशिक्षण
man driving car from rear view on the highway.
काठमाडौं, १६ असार
नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ कम्पनीले बुधबार सवारी चालक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
सवारीसाधनमा प्रयोग भइरहेको नवीनतम प्रविधि सम्बन्धी जानकारी दिने उद्देश्यले सिप्रदीयन सहायता संस्थासँगको सहकार्यमा प्रशिक्षण भएको हो ।
मुलुकभर रहेका सिप्रदीका आधिकारिक सर्भिस सेन्टरबाट ८९५ जना टाटा कमर्शियल गाडीका चालकको सहभागितामा कार्यक्रम गरिएको कम्पनीले बताएको छ । कार्यक्रममा बीएसआईभी प्रविधिसम्बन्धी जानकारी गराइएको थियो । त्यस्तै सुरक्षित तथा किफायती ड्राइभिङ, गाडी चलाउँदा चालकले ध्यान दिनुपर्ने विषय, गाडीको कार्यक्षमता तथा आयु बढाउने उपाय लगायत विषयमा प्रशिक्षण दिइएको कम्पनीले बताएको छ ।
क्याटेगोरी : Economy






















प्रतिक्रिया दिनुहोस