निरन्तर बलियो बन्दै डलरः कस्तो असर पर्ला नेपालको अर्थतन्त्रमा ?

पछिल्लो समय विश्व अर्थतन्त्रमा अमेरिकी डलर बलियो बन्दै जाँदा नेपालको अर्थतन्त्र प्रभावित बन्ने भएको छ । सन् २०२० को तुलनामा अहिलेसम्म ११ रुपैयाँभन्दा बढीले महँगीको डलरबाट नेपाल जस्तो सानो र विकासशील राष्ट्रको अर्थतन्त्र प्रत्यक्ष प्रभावित बन्ने भएको हो ।
सन् २०२० को जनवरीमा एक अमेरिकी डलरको सटही दर ११३.७६ रुपैयाँ थियो । जुन, अहिले सन् २०२२ को जुन महिनासम्म आइपुग्दा ११.०८ रुपैयाँ बढेर १२४.८४ रुपैयाँ पुगेको छ । यसले पछिल्लो समय नेपाली मुद्राको तुलनामा अमेरिकी डलर निरन्तर बलियो बन्दै गइरहेको तथ्याङ्कले देखाउँछ ।नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार पछिल्ला केही वर्षहरूमा नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर बन्दै गइरहेको छ । सन् २०२० को जनवरी महिनामा प्रति डलर ११३.७६ रुपैयाँ सटही दर रहेको थियो । जुन, सन् २०२१ को जनवरीसम्म आइपुग्दा ११६.६५ रुपैयाँ पुगेको थियो ।यस्तै, सन् २०२२ को जनवरीसम्म आइपुग्दा पनि अमेरिकी डलर बलियो बन्ने र नेपाली मुद्रा कमजोर बन्ने क्रम रोकिएको छैन । नेपाली मुद्राको तुलनामा डलर निरन्तर बलियो बन्दै यो वर्षको जनवरी महिनामा १ अमेरिकी डलरको सटही दर ११८.७८ रुपैयाँ पुगिसकेको थियो । यो क्रम जुनसम्म आइपुग्दा १२४.८४ रुपैयाँ पुगिसकेको छ ।यसरी, पछिल्लो २ वर्षमा निरन्तर उकालो लागिरहेको अमेरिकी डलरको भाउ बढ्दा नेपालको आयात महँगिने र बढी रकम विदेशिने जानकारहरू बताउँछन् । अर्थविद् ज्ञानेन्द्र अधिकारीका अनुसार डलर दिनदिनै बलियो बन्दै जाँदा आयातमुखी अर्थतन्त्र भएका नेपालजस्ता मुलुकको अर्थतन्त्रमा नकरात्मक प्रभाव पर्छ ।‘हाम्रो अर्थतन्त्र आयातमा आधारित छ । हामीले खपत गर्ने प्रत्येक वर्षको आयात गर्छौं र त्यसको भुक्तानी अमेरिकी डलरमा हुन्छ,’ अधिकारी रातोपाटीसँग भन्छन्, ‘थोरै रकम तिरेर किन्न मिल्ने वस्तु डलरको भाउ बढेपछि धेरै रकम तिर्नुपर्छ ।’ जसबाट आयातमा नेपालको अतिरिक्त पूँजी पलायन हुन्छ ।खास गरी, नेपालको अर्थतन्त्र आयातमै आधारित छ । चालू आर्थिक वर्षको साउन–वैशाख अवधिमा विदेशबाट १६ खर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ । यसका लागि हामीले खर्बौं रुपैयाँ भुक्तानी गरेका छौं । २ वर्ष अघि डलरको सटही दर ११३ रुपैयाँ कायम भएको समयमा वस्तु आयात गर्दा अहिले प्रतिडलर ११ रुपैयाँ रुपैयाँ बढी तिर्नुपर्छ । यसले नेपालको धेरै पूँजी पलायन हुने र कम वस्तु आयात हुने स्थिति बन्छ ।

क्याटेगोरी : Economy






















प्रतिक्रिया दिनुहोस