• Punjibad
  • नेपाल पुनर्बिमा कम्पनीले ३० भदौमा बोलायो साधारणसभा 


    काठमाडौं, १३ भदौ

    नेपाल पुनर्बीमा कम्पनीले ३० भदौमा सातौं वार्षिक साधारणसभा बोलाएको छ ।

    सभामा आर्थिक वर्ष २०७७–७८ को नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित गरेर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ ।

    सभा प्रयोजनार्थ कम्पनीले १९ भदौमा बुक क्लोज गर्दैछ । १८ भदौसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
    कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।

    सभामा आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।


    क्याटेगोरी : Banking/finance

    प्रतिक्रिया दिनुहोस


    थप समाचार