• Punjibad
  • कुमारी बैंक ग्राहकले माया मेट्रो अस्पतालमा विशेष छुट पाउने


    काठमाडौं, १६ असार

    कुमारी बैंक लिमिटेड र कैलालीको धनगढीस्थत माया मेट्रो अस्पतालबीच छुट सम्झौता भएको छ ।

    यो सम्झौतासँगै अब कुमारी बैंकका ग्राहकले माया मेट्रो अस्पतालबाट प्रदान गरिने स्वस्थ्योपचारसम्बन्धी सेवाहरूमा विशेष छुट पाउनेछन् । 

    यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले उक्त अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट वा क्रेडिट कार्डबाट गर्दा ल्याब, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राम, एन्डोसकोपी, बेड चार्जमा १० प्रतिशत छुट र ओटी, एम्बुलेन्स सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

    यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त छ ।


    क्याटेगोरी : Banking/finance

    प्रतिक्रिया दिनुहोस


    थप समाचार