साेमवारकाे माैसम कस्ताे रहला? हेर्नुहाेस्
२०७९ असार २० गते (सोमबार) हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
हाल प्रदेश २ तथा देशका पहाडी भू-भागहरूमा सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ। बाग्मती प्रदेशका केही र बाकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
सोमबार दिउँसो: देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सोमबार राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।
क्याटेगोरी : Lifestyle






















प्रतिक्रिया दिनुहोस