मंगलवार देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा भारी वर्षा हुने
२०७९ असार २१ गते (मंगलवार) हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
हाल देशका धेरै स्थानहरुमा सामान्य बदली रही प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरु र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
मंगलवार दिउँसो: देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।
मंगलवार राती : पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।
क्याटेगोरी : Lifestyle






















प्रतिक्रिया दिनुहोस