• Punjibad
  • बुधवार देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा पानी पर्ने


    २०७९ असार २२ गते बुधबार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

    हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
    बुधवार दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    बुधवार राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


    क्याटेगोरी : Lifestyle

    प्रतिक्रिया दिनुहोस