देशभर मनसुनी वायुको प्रभाव: यी स्थानमा भारी वर्षा हुने
२०७९ असार २८ गते मंगलबार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
मंगलवार दिउँसोस् देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
मंगलवार राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
क्याटेगोरी : Lifestyle






















प्रतिक्रिया दिनुहोस