बुधवार यी स्थानमा भारी वर्षा हुने
२०७९ साउन ४ गते (बुधवार) हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) नेपालको पूर्वी भू-भागमा सरदर (normal position) स्थान भन्दा केहि उत्तरतिर र पश्चिमी भू-भागमा सरदर (normal position) को आसपास अवस्थित रहेको छ।
हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। मधेश र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै अन्य स्थानका एक वा दुई स्थानमा मेघगर्जन /चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।
बुधवार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
बुधवार राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्विमका प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
क्याटेगोरी : Lifestyle






















प्रतिक्रिया दिनुहोस