• Punjibad
  • बिहीवार कुन कुन स्थानमा वर्षा हाेला?


    २०७९ साउन ५ गते (बिहीवार) हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर (normal position)  स्थान भन्दा केहि उत्तरतिर अवस्थित रहेको छ।

    हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    बिहीवार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदुर पश्चिम र प्रदेश १का एक-दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ ।

    बिहीवार राती  देशका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केहि स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


    क्याटेगोरी : Lifestyle

    प्रतिक्रिया दिनुहोस